सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पोखरा : नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ ।

मंगलबार प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज एक हजार ८०० रुपैयाँले बढेर प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य तोलाको एक लाख १० हजार ५० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो । मंगलबार चाँदी प्रतितोला १४ सय पाँच रुपैयाँमा कारोबार भईरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?