काठमाडौँ : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका लागि पाण्डेलाई पक्राउ गरिएको हो।
पाण्डेलाई काठमाडौँ प्रहरी परिसरबाट खटिएको टोलीले आज अपरान्ह पक्राउ गरेको हो। उनलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ।
गृह मन्त्रालयको सचिव भएको अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए।
उनीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरिएको थियो।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?