नेपाल ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा केसी

दमाैली : नेपाल ट्रेड युनियन कांग्रेस तनहुँकोे अध्यक्षमा कृष्णबहादुर केसी चयन भएका छन् ।

बुधबार समपन्न सातौ जिल्ला अधिवेशनबाट केसीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।

खुल्ला उपाध्यक्षमा विश्वनाथ अधिकारी, महिला उपाध्यक्षमा कमलादेवी काफ्ले, सेवा क्षेत्र उपाध्यक्षमा प्रमोद सोती, उत्पादन क्षेत्र उपाध्यक्षमा सन्तोष वाग्ले, अनौपचारिक तथा स्वरोजगार उपाध्यक्षमा देवी न्यौपाने पौडेल चयन भएका छन् ।

सचिवमा पशुपति अर्याल, सहसचिवमा तीर्थराज परियार बर्देवा, हरिशचन्द्र कोइराला, कोषाध्यक्षमा कृष्णप्रसाद तिवारी, सहकोषाध्यक्षमा उर्मिला जलारी चयन भएका छन् ।

सदस्यहरुमा रिआइत मियाँ, नारायण बानियाँ, सुदीप कंडेल, बुद्धिबहादुर बराली, रामबहादुर गदाल, रश्मी सेढाइँ घिमिरे र सन्जु पौडेल लम्साल चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?