पाेखराकाे फुस्रे खोलामा डुबेर १५ वर्षीय किशाेरको मृत्यु

पोखरा : पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा १५, नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङ हुन् ।

पोखरा १७ पावरहाउसस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो साढे ३ बजे उनी डुबेर बेपत्ता भएको खबरपछि उद्धारका लागि प्रहरी पुगेको थियो ।

वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको कमाण्डमा १० सदस्यीय उद्धार टोलीले उनलाई फेला पारी गण्डकी अस्पताल लगेकोमा चिकित्सकले पौने ५ बजे मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?