राष्ट्रिया भिटामिन ए कार्यक्रम कार्तिक पहिलो सातामा हुने

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाले राष्ट्रिया भिटामिन ए कार्यक्रम कार्तिक पहिलो सातामा हुने भएको छ । महाशाखाको  सुचना मार्फत ६ देखि ५९ महिनाका बालबालिकहरुलाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकहरुलाई बहुसुक्ष्म पोषक तत्व-बलाभिटा कार्यक्रम लागु भएका जिल्लाहरुमा वितरण हुने जनाएको छ ।

आर्थिक वर्षको पहिलो चरणको भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम भने पुर्बनिर्धारित  मिति भन्दा केहि दिन पछि  हुने भएको छ। पुर्बनिर्धारित  मिति २०७८ कार्तिक २ र ३ गते भएपनि नेपालीहरुको महान चाड बडा दशैं अबधि भित्र पर्न गएकाले कार्तिक ७ र८ गते हुने भएको छ । तेसका लागि सबै ७५३ वटा स्थानीय तहलाई सहजीकरणको लागि निर्देशन समेत दिएको महाशाखाको जारी सुचनामा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?