‘रुखको हाँगा खसेर लाग्दा’ मृत्यु

महेन्द्रनगर : ‘रुखको हाँगा खसेर लाग्दा’ कञ्चनपुरका एकजनाको शनिबार मृत्यु भएको छ । सामुदायिक वनमा दाउरा खोज्न हिँडेका शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो ।

डगौरा गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका थिए । रुखको हाँगा खसेर उनको टाउकोमा चोट लागेको थियो ।

उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्‍याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ ।

“अहिले नै मृत्युको कारणबारे भन्न सकिने अवस्था छैन,” प्रवक्ता डाँगीले भने । शव महाकाली अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?