नेपालले भने- मैले घुस खाएको छैन, भ्रष्टाचार गरेको छैन अनि नक्कली शरणार्थी प्रकरणमा किन डराउने

विराटनगर : एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताएका छन् ।

उनेले निर्दोष नफसुन् र दोषी नउम्किउन् भन्दै यस प्रकरणमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सरकारका प्रधानमन्त्री भन्नुस्, गृहमन्त्री भन्नुस् उहाँहरुले भनेका कुरामा र अरुले पनि बोलेका कुरा सुन्दाखेरि भित्रभित्रै दबाव दिइरहेका होलान् त्यो आफ्नो ठाउँमा छ । तर दबावको सामु झुक्नु हुँदैन ।’

यो प्रकरणमा अरु नेताहरु पनि तानिनसक्ने सम्भावनाबारे पत्रकारको जिज्ञासामा नेपालले यस्ता कुराबाट आफू नडराउने बताए ।

आफूले बदमासी गरेको छैन, आफूले घुस खाएको छैन, आफूले भ्रष्टाचार गरेको छैन । त्यसकारण न बिराउनु न डराउनु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?