
पोखरा : गण्डकीको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्ण देवकोटा नियुक्त भएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
योजना आयोगको अध्यक्ष भने मुख्यमन्त्री हुन्छन् ।
प्रदेशको नीति निर्माण र योजना तर्जुमा प्रक्रियालाई वैज्ञानिक र पारदर्शी बनाउन गण्डकी प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश, २०७४ जारी गरेको थियो । आयोगलाई योजना तर्जुमा र नीति निर्माणका विषयमा काम गर्ने कार्यादेश छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माण गर्ने बेलामा मन्त्रिपरिषद्ले डा. देवकोटालाई आयोगको उपाध्यक्षको रूपमा नियुक्त गरेको हो ।
उनले जियोलोजीमा पीएचडी गरेका छन् । उनले २८ वर्षको उमेरमा उनले दक्षिण कोरियाबाट २०६७ सालमा पीएचडी गरेका थिए । पीएचडीपछि उनले कोरियामा नै विपद् व्यवस्थापनका क्षेत्रमा दुई वर्ष काम गरे । कोरियामा नेसनल डिजास्टर म्यानेजमेन्ट इन्स्टिच्युट (एनडीएमआई) मा वरिष्ठ अनुसन्धाताको रूपमा दुई वर्ष नै काम गरे । त्यसपछि उनी बैंकक गए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?