
दमौली : तनहुँको म्याग्दे गाँउपालिकाले पालिका भित्र रहेका कृषकलाई ३ दिने बाख्रा पालन सम्वन्धि तालिम शुरु गरेको छ । म्याग्दे गाँउपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष ०७९।०८० को स्विकृत कार्यक्रम अनुसार ७ वटै वडावाट सिफारिश भई आएको २५ जना कृषकलाई ३ दिने बाख्रा पालन सम्वन्धि तालिम दिन लागेको हो ।
गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको तालिममा कृषकलाई बाख्रा पालनको लागी खोर व्यवस्थापन, आहार व्यवस्थापन, प्रजनन व्यवस्थापन र रोग व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम दिईएको पशु चिकित्सक एव पशु सेवा शाखाका प्रमुख डा. विनय शाहले वताए ।
तालिममा बाख्रा पालनका लागी स्थानिय स्रोत साधनवाट खोरको निर्माण, घाँस खेती र अन्य आहार व्यवस्थापन, हाडनाताको सम्वन्ध, घरेलु उपचार विधि, आन्तरिक तथा वाह्य परजीवि नियन्त्रण, रोगी तथा निरोगी बाख्राको पहिचान र खोपको वारेमा तालिममा जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथी पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिका कृषकको जीवनस्तर सुधार्नका लागी जिम्मेवार रहेको वताए । हामी कृषकहरु आत्मनिर्भरका लागी मात्र कृषि र पशुपालन गर्दा आर्थिक रुपमा सवल र सक्षम वन्न नसकेको हुदाँ पशुपालनलाई व्यवसाय तर्फ उन्मुख वनाउनुपर्ने वताए ।
त्यसैगरि कार्यक्रमका पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले उत्पादन र कृषिमा आत्मानिर्भर वन्न नसक्दा आर्थिक अवस्था सुढृढ हुन नसकेको वताए ।
पालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर रानाले तालिमले कृषकहरुलाई तालिमले आत्मविश्वास वढाउने विश्वास व्यक्त गरे । पशु चिकित्सक एव पशु सेवा शाखाका प्रमुख डा. विनय शाहले प्रशिक्षण दिने सो तालिममा पशु सेवा प्राविधिक रचना घिमिरे, दिवस पौडेलले सहजीकरण गर्नेछ ।
सैद्धान्तिक तालिमपछि व्यवहारिक रुपमा खोरको अनुगमन तथा निरिक्षण समेत गरिने प्रमुख प्रशिक्षक शाहले वताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?