
काठमाडौं : प्रहरीले एमाले नेता टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ । मंगलबार सातदाेबाटाेस्थित रायमाझीको घरमा प्रहरीले छापा मारेको हो ।
नक्कली शरणार्थी प्रकरणमा उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । एक साता बित्न लाग्दा पनि उनी प्रहरी सम्पर्कमा छैनन् । बुटवलबाट प्रहरी नेतृत्वलाई उनले आफूले अनुसन्धानमा सघाउने वचन दिएका रायमाझी त्यहीँबाट फरार भएका थिए ।
“उनी भारत पुगेको आशंका हामीले गरेका छौँ,” प्रहरी उच्च स्रोतले भन्यो, “उहाँले परिवारका सदस्यलाई पनि निगरानीमा राखेका छौँ । भारतबाट परिवारलाई सम्पर्क गरेको पाइएको छैन ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?