भिन्तुना मम हाउसबाट गुणस्तरहीन अचार र सुप बरामदम

दमौली : तनहुँको व्यास नगरपालिका–२ मा संचालित भिन्तुना म:म हाउसबाट १५/१५ लिटरका चार बाल्टी गुणस्तरहीन अचार र सुप बरामद गरिएको छ।

४/५ दिनका लागि हुने गरी प्लाष्टिकको बाल्टीमा अचार र सुप स्टक गरी राखेको भेटिएपछि बरामद गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रशान्त पोखरेलले जानकारी दिए।

अचार र सुप बनाएपछि स्टीलको बाल्टीमा राख्न पटक पटक सुझाव दिएपनि बेवास्ता गर्दै आएकोले कारबाही स्वरुप अचार र सुप नष्ट गरिएको हो ।

पर्यटन तथा उद्योग कार्यालय तनहुँको सक्रियतामा बुधबार दमौली बजार क्षेत्रका होटल तथा तरकारी पसलहरुमा अनुगमन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?