दमौली : व्यास नगरपालिकाको नेतृवमा आजदेखि संयुक्त रूपमा दमौली बजारमा प्राथमिकताका साथ अनुगमन सुरु गरेको छ ।
व्यास नगरपालिका सहित,जिल्ला प्रशासन कार्यालय,अन्तरिक राजस्व कार्यालय,वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्यान्न तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र पत्रकार लगाएतका सयुक्त टोलीले आज देखि अनुगमनलाई तिब्रता दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रणङ्ग बरालले दमौली आनलाईनलाई बताएका छन् ।
बरालले दमौली आनलाईन संगकुरा गर्दै हामीले नजिकिदै गरेको चाडपर्वलाई मात्र लक्षित नभई नियमित प्रक्रिया अनुसार नै बजार अनुगमन गरेको बताए । हामीले अब दिउंसो भन्दा बिहान पख अनुगमन गर्ने समेत बताएका छन् ।
अनुगमन टोलीले खाद्यान्न, इन्धन, मदिरा,लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्नेछन्। चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको बरालले बताएका छन् ।
बजार अनुगमनले व्यवसायीहरूले बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण तथा बिल नदेखउने गरी उपोभोक्ता ठग्ने व्यापारीलाई अनुगमनको क्रममा भेटिएमा कारवाहीको दायरामा ल्याउने समेत उनले बताए।त्यसको लागि कालोबजारी अपराध ऐन, कालोबजारी र उपभोक्ता संरक्षण ऐनअन्तर्गत लगाएतका विभन्न कारबाही गर्ने ऐन छन् त्यसलाई कारबाही गर्न स्थानीय प्रशासन अन्तर्गतको २०२८ अनुसार कारबाही गर्ने समेत बताए ।
त्येस्तै आज बिहान अनुगमनको क्रममा मदिरा एक पसलमा अन्तरिक अन्तरिक राजस्व कार्यालय अन्तर्गत बिल भरपाई बिना नै मदिरा कारोबार गरेको भेटिएको छ । हामीले बिल भरपाई माग्दा दिन सकेन कानुन अनुसार कारबाही गर्नेछौँ र अन्य पसलमा भने ठिकै रहेपनि ब्यवास्थित गर्न निर्देशन दिएको समेत जानकारी गराएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?