यस्तो छ देशभरको मौसम

दमौली : आज देशभर मौसम सामान्यता सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिउँसो मधेश, कोशी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको जानकारी दिएको छ।

मौसमविद् गोविन्दकुमार झाका अनुसार बाग्मतीका पहाडी भूभागका एकदुई स्थानमा पनि  आंशिक बदलीको सम्भावना छ। अहिले पश्चिमी वायु निष्क्रिय रहेका कारण तत्काल पानी पर्ने सम्भावना भने नरहेको उनले बताए।

पानी नपर्दा तापक्रम क्रमशः बढ्दै गइरहेको छ। विशेषगरी भैरहवा, नेपालगञ्ज, सिमरा लगायतका क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ। मौसमविद् झाका अनुसार ती क्षेत्रमा केही दिन सोही हाराहारीको तापक्रम कायम रहनेछ।

काठमाडौं उपत्यकाको औसत तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?