भीरबाट लडेर गजौडेमा गुरुङको मृत्यु

दमौली : तनहुँको व्यास  नगरपालिका-९ गजौडेमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास  नगरपालिका-९ गजौडे बस्ने बर्ष ५९ को सुरेश कुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार बि.कले जानकारी दिए  ।

मृतक गुरुङ गत १७ गते बेलुकी घर नजिकै रहेको सुदेखोला सात बिसे सामुदायिक बनमा घास काट्न जान्छु भनि निस्किई हिडेका थियो ।

गुरुङ हराएको भनी  तत्काल यस जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी पश्चात यस कार्यालय तथा तालुक गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुकुर समेतको प्राबिधिक टोलीले खोजतलास गर्दा समेत फेला नपरेका थिएन । तर ,विहिवार विहान सोहि  वनमा १ सय ११ फिट तल भिरबाट लडी मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक बि.कले बताए।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?