बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ

काठमाडौं : आफ्नो फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै आफूलाई कृषिविज्ञका रूपमा चिनाउँदै आएका खोटाङका मदन राई पक्राउ परेका छन्।

७५ वर्षीय उनले यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

मदन राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

राईलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखिएको छ।

मदनले फाउन्डेनमा पढाउन भनेर राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको भिडिओसहितको स्टोरी बिहीबार समाचार पोर्टल सेतोपाटीबाट सार्वजनिक भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?