पोखरा : पोखरा महानगरपालिका ५ पर्स्याङमा क्रेनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
क्रेनको ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ लाहाचोककी धना अधिकारीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
अधिकारीलाई हिजो (बिहीबार) दिउँसो ३ बजे ग १ ख ५८०५ नम्बरको क्रेनले पोखरा महानगरपालिका ५ पस्र्याङस्थित विद्युत कार्यालय अगाडि क्रेनले ठक्कर दिएको थियो ।
धनाको आफन्तका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी अधिकारीको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुर्याइएको थियो । त्यसपश्चात अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
हाल पोष्टमार्टकै लागि मृतक अधिकारीको शव अस्पतालमै राखिएको छ ।
अधिकारीको मृत्यु भएपछि पिडित परिवारले क्षतिपूर्तिको माग गर्दै गण्डकी मेडिकल कलेज अगाडि सडकमा धर्ना दिएका छन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?