व्यासका १७ वटा साुमदायिक विद्यालयमा महिला प्रधानाध्यापक

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिका भित्र रहेका १७ वटा सामुदायिक विद्यालयमा महिलाले नेतृत्व संहालेका छन् । व्यास नगरपालिका-२ रहेको सत्यवती माविमा प्रध्यानाध्यापक महिला राखिएसँगै नगरपालिकामा १७ जना महिला प्रधानाध्यापक पुगेका छन् ।

सो विद्यालयमा माध्यामिक तहमा कार्यरत शिक्षिका पुष्पकला भट्टराईलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा चयन गरेपछि महिलाले पहिलो पटक अवसर मिलेको हो ।

विद्यालयका निर्बतमान एकबहादुर गुुरुङको वैशाख १५ गते कार्य अवधि समाप्त भएपछि समितिले भट्टराईलाई सिफारिस गरेको थियो । वि.स. २०३३ सालमा स्थापना भएको यस विद्यालयले स्थापना भएको ४७ वर्ष पछि महिलाले जिम्मेवारी दिँदा खुसी लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले बताए ।

सरस्वती आ.विमा इन्द्रकला आचार्य , मत्स्यकन्या आ.विमा सुनिता देवकोटा, गुदीफच्याङ आ.विमा विन्दु थापा मगर, जनसेविका आ.विमा कमला पौडेल , जनसेवा प्रा.विमा शारदा थापा अधिकारी, वेदव्यास प्रा.विमा सिता वाग्ले र देउराली प्रा.विमा सितादेवी लम्साल रहेका छन्  ।

त्यस्तैगरी,अमर प्रा.विमा मातृका रिमाल, सहजीवन प्रा.विमा इन्द्रिरा धिमिरे, तातोपानी प्रा.विमा शान्ता सेढाई कैनी, जनकल्याण प्रा.विमा शशिकला पौडेल, सुर्यादय प्रा.विमा रश्मी थापा मगर, जनमिलन प्रा.विमा संगिता पन्थ,वि.पी प्रा.विमा दिलकुमारी विक, मनकामना प्रा.विमा लक्ष्मी श्रेष्ठ र बुद्ध प्रा.विमा नविना थापा रहेका छन्  ।

नगरपालिका भित्र अहिले ७४ वटा साुमदायिक विद्यालय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?