![](https://www.damaulionline.com/wp-content/uploads/2023/05/Ghanashyam_bhusal_1600433594.jpg)
काठमाडौं : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले विभाजनको औचित्य पुष्टि गर्न लाग्नुपर्ने बताएका छन् ।
नेकपा एसको उपत्यका विशेष प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीविरुद्ध लडेकाहरूले पार्टी विभाजनको औचित्य पुष्टि भइसकेको उल्लेख गरे।
गएको निर्वाचनमा बाँकी औचित्य पुष्टि गर्न नसकेको उनको भनाइ छ । संसद् र संविधान आफूहरूले जोगाएको बताए ।
नेता भुसालले भने, ‘ओलीले कम्युनिस्ट पार्टीदेखि संसद्सम्म विघटन गरे । ओलीको समर्थक को हुन किन यसो गरे भन्ने कुरा इतिहास भरी खोजी भइरहन्छ । त्यसैले औचित्यमाथि प्रश्न उठाउने होइन । अर्को कोणबाट छलफल गरौँ । मैलै अन्त पनि भन्न गरेको छु औचित्य छैन भने यो समाजवादी पार्टी विघटन गरौँ । मार्क्स र क्रान्तिकारीहरूले औचित्य नभएको कुरा बोकेर हिँड्नु हुन्छ ? औचित्य छैन भने यो समाजवादी पार्टीमा लाग्नु हुँदैन । सल्लाहले नै छाड्दै हुन्छ ।’
उनले अहिले सत्यलाई असत्यले हराइराखेकाले क्रान्तिकारीहरू घरमा बस्न नहुने बताए । इतिहासको सबैभन्दा ठूलो सम्भावना गुमाएर ओली र ओली गुटले गरेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?