काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेको प्रदर्शन र त्यसमा राजनीतिक दलका नेताहरूको सहभागीताप्रति गम्भीर विमति जनाएका छन् ।
उनले यसरी भ्रष्टाचारविरुद्ध आन्दोलन भनेर सडकमा उत्रने नेतालाई सिधै बागमतीमा लगेर चोपल्न पनि आह्वान गरेका छन् ।
भ्रष्टाचार विरुद्धको आन्दोलनमा को नेता सहभागी भएको छ र उसको घर कहाँ हो भनेर जान्न जरुरी रहेको बालेनको आशय छ । उनले जनताको नेताले सडक नाटक बन्द गरेर भ्रष्टाचारीलाई कारबाही गर्ने नीति बनाउनुपर्ने उल्लेख गरेका छन् ।
शनिकार काठमाडाैंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएकाे थियाे, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू सहभागी भएका थिए ।
हेर्नुहाेस् बालेनकाे फेसबुक स्टाटस जस्ताकाे त्यस्तै :
भ्रस्टाचार बिरुद्धको आन्दोलन ? ?
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस ।
यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।
पत्याउदिन म चही ।
तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?