
दमौली : तनहुँको व्यास नगरपालिका -२ निवासी प्रविन पौडेल दमौलीमा भ्रष्टाचारविरुद्ध एक्लै आन्दोलनमा हाेमिएका छन् । आइतवार व्यास -३ अनसन चौतारीमा भ्रष्टाचारविरुद्ध एक्लै आन्दोलनमा गरेका हुन् ।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि नागरिकहरू स्वस्फुर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेपनि दमौलीमा भने पौडेल एक्लैले आन्दोलन सुरु गरेका छन् ।
‘भ्रष्टाचारविरुद्धको अभियानमा जो जहाँ छौँ, त्यहीँबाट आवाज उठाऔँ, खबरदारी गरौँ, दबाब दिऔँ । नागरिकस्तरबाट हुने जनदबाबमूलक अभियानले भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्नेछ,’ पौडेलले भने ।
उनले आइतवारवाट दिउँसो २ देखि ३ बजे सम्म भ्रष्टाचारविरुद्धको अभियानमा संचालन गने बताए । “आज मेरो सुरुवाती दिन हो , दमौलीका नागरिक कतिको सचेत रहेछ थाहा पाइयो ,” उनले भने “भोलिवाट मेरो साथीहरु पनि आउनेछ। ”
कहिले खुल्छ बाँकी फाइल ?, कहिले सम्म भ्रष्टाचारर भ्रष्टाचारीलाई छुट? र भ्रष्टाचार संरक्षकलाई कहिले सम्म पाल्ने ? लगायतका उनका नारा रहेका छन् ।
पौडेल मङ्सिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा हाम्रो नेपाली पार्टीवाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी समेत रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?