
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् ।
उनी काठमाडौंबाटै पक्राउ परेका नेपाल प्रहरीले जनाएको छ । रायमाझीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको हो ।
वैशाख २० गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाे थियाे ।
यस प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?