पूर्व सांसद आङटावा शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण

काठमाडौं : भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन्।

उनले भर्खरै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेको रानीपोखरीका एआईजी श्यामलाल ज्ञावलीले जानकारी दिए।

भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नता देखिएपछि प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुसँग पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि अनुन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।

उनलाई पक्राउ गर्नका लागि शुक्रवार नै जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिइएको थियो। पक्राउ पुर्जी जारी भएलगत्तै उनी मोबाइल अफ गरेर सम्पर्कविहीन भएका थिए।

यो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?