जापानमा बसलाई ट्रकले ठक्कर दिंदा २ नेपालीको निधन

काठमाडौं : जापानमा बस दुर्घटनामा परी दुई नेपालीको ज्यान गएको छ ।

जापानको मियागी प्रान्तको कुरिहारा शहरको तोहोकु एक्सप्रेस वेमा रोकिरहेको बसलाई ट्रकले ठक्कर दिंदा दुई नेपालसहित तीन जनाको निधन भएको हो ।

जापानी सञ्चारमाध्यमका अनुसार रोकिरहेको बसलाई तीव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको हो । प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा रहेको जनाएको छ ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?