आँबुखैरेनी गाउँपालिकाबाट श्रम स्वीकृति दिन सुरु

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले बुधवारबाट श्रम स्वीकृति दिन थालेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु शर्माले वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृतको निस्सा प्रदान गरेर श्रम स्वीकृत दिन प्रारम्भ गरेका हुन् ।

१६ चैतमा नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय) को मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो ।

वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?