भट्टराईको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रजातन्त्र सेनानी सङ्घका निवर्तमान केन्द्रीय सदस्य बद्रीहरि भट्टराईको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।

राष्ट्रपति पौडेलले विहिवार एक विज्ञाप्ति जारी गर्दै भट्टराईको राष्ट्रका लागि पुर्याएको महत्वपूर्ण योगदान राष्ट्रले स्मरण गरिरहने बताएका छन् ।

भट्टराईको ७७ वर्षको उमेरमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारका क्रममा गए राति निधन भएको निधन भएको थियो ।

भट्टराईले २०२९ सालमा तरुण आन्दोलनमा गिरफ्तार भई दुई वर्ष जेल जीवन बिताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?