एक सातामा तोलामा १६ सयले घट्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य यो सातामा तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुन तोलाको एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार यो सुन तोलाको एक लाख नौ हजार २०० रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला एक लाख नौ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।

महिनाको पहिलो दिन जेठ १ गते सुन तोलाको एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

गएको आइतबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ७०० रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।

यस दिन चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?