कास्की : पोखरामा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । एक घाइते भएका छन् ।
आज बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७ वर्षीय संगम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ ।
पोखरा महानगरपालिका–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राकोचौतारातर्फ जाँदै गरेको ग२४प ३१० नंको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।
वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?