
दमौली : तनहुँको सदरमुकाम दमौली बजारमा आँगन थकाली भान्छा घर सञ्चालनमा आएको छ । व्यवसायी विष्णु पराजुलीले यो भान्छा घर सञ्चालनमा ल्याएका हुन् ।
बुधबारदेखी संचालन आएको घर आँगन थकाली भान्छा घर गाँउ घरमा वासबाट निर्मित सामानहरु मोहला, मुकुरी, ढडिया, डोको, डालो, नाम्लो, छत्री, ढोक्सा, फुरलुङगो, स्याखु, फर्सी, कुभिण्डो, ठेकी, मदानी, हलो, जुवा, साराङी, मदानी, मादल, खैजडी, मुरली लगायतका समानबाट सजिएको छ ।
स्थानिय स्तरमा पाइने कोदो, मकै, गहुँ, फापर, मासको दाल, जिम्वु, मेथी, खुन्द्रुक, भट्ट, मस्याम, वेसार, टिम्मुर, तिल लगायतका कृषिसामाग्रीको प्रयोग गरी ग्राहक वर्गमा सुविधा दिन दमौलीमा पहिलो पटक खाना तथा खाजाको सुविधा दिने मुख्य उद्देश्यका साथखोलिएको सञ्चालक विष्णु पराजुलीले बताए । व्यवसायी पराजुलीले जानकारी दिए ।
‘थकाली भान्छा घर भित्र गाउँघरमा पुराना कला झल्कने खालका वासबाट निर्मित सर्वे खालका सामानहरु रहेको छ ,’ उनले भने” मौलिकताले सजिएको उक्त थकाली भान्छा घरको खाना अझ स्वस्थ्य र गुणस्तरमा विशेष हुनेछ ” ।
विहान र वेलुकी खानाको व्यवस्थित रुपमा ग्राहक वर्गहरुलाई सेवा दिने र दिवा खाजाको रुपमा स्वस्थ र सफा गुणस्तरीय खाना खाजावितरण गरिने उनले बताए ।
विभिन्न पेशा व्यवसायमा सफलता प्राप्त गरेका पराजुलीले यो भान्छा घरलाई समेत एक सफलताको गन्तव्यमा पुऱ्याउने दावी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?