सुनको मूल्य तोलामा एक हजारले घट्यो

दमौली : स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ३०० रुपैयाँमा करोबार भएको छ ।

यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?