व्यास नगरपालिकाबाट श्रम स्वीकृति दिन सुरु

दमौली : तनहुँको व्यास नगरपालिले विहिवारबाट श्रम स्वीकृति दिन सुरु गरेको छ ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगाराम सुवेदीले विहिवार श्रम स्वीकृति सेवा लिने पहिलो सेवाग्राही व्यास -१ निवासी निर बहादुर रानाभाटलाई श्रम स्वीकृतिको स्टिकर प्रदान गर्दै सेवा शुरु गरेको हो ।

१६ चैतमा नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय) को मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो ।

वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?