
दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा आदिकवि नेपाली सिर्जनशील मञ्च र आदिकवि ब्यावस्थापन विद्यार्थी सर्कल द्वारा आयोजनमा स्नातक तह प्रथम बर्षका बिधार्थीहरुको स्वागत एवं बडा दशै र तिहारको कार्यक्रम भव्यताको साथ बुधवार विहान सम्पन्न भएको छ ।
आदिकवि नेपाली सिर्जनशील मञ्चका अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको उद्द्घाटन गर्दै प्रमुख अतिथि व्यास नगरपालिकाको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बडा दशै तिहारको शुभकामना दिदै दुई दशक सम्ममा आफुले नेतृत्व गरेर गएको क्याम्पस यति राम्रो उपलब्धिको फट्को मरेको देखेर आफुलाई खुशी लागेको व्यक्त गरे । क्याम्पसका वर्तमान अध्यक्ष क्याम्पस भैरहेको कुनै पनि कार्यक्रममा सहभागी नभएको देख्दा आफ्नो मन खिन्न भएको न्यौपानेले बताए ।
त्यस्तै विद्यार्थीहरूलाई एक आपसमा घुलमिल र आत्मियताको भावना निर्माण गर्न मा यो कार्यक्रम सफल रहोस भन्ने कुरा क्याम्पस सन्चालक समितिका उपाध्यक्ष बुद्दिमान श्रेष्ठले बताएका थिए । कार्यक्रममा स्वागत मन्तव्य ब्याबस्थापन बिधार्थी सर्कलका कार्यबाहक अध्यक्ष दिनेश बि .क ले गरेका थिए । सो कार्यक्रममा क्याम्पस सञ्चालक समितीका सदस्यहरु मोहन गिरि , स्वबियु सभापति दुर्गा भन्डारी,जीवन सेवा अभियानका सस्थापक एव युथ काङ्रेस तनहुँका अध्यक्ष राजेश कुमार श्रेष्ठ , व्यास युवापरिषदका कार्यकारी उपाध्यक्ष गौरब पन्थ , वाइसियल ब्यास नगरपालिकाको इन्चार्ज निर्दोष भट्टराई , रेड्क्रस सर्कलका अध्यक्ष सन्देश अधिकारी , आदिकवि क्लबकी अध्यक्ष रिसु थापा , एविआइटि क्लबका सचिब बिजय आले , तनहुँ पत्रकार महासंघका सद्स्य किरण श्रेष्ठ, स्नातक तह दितीय बर्ष अध्यानरत मिलन तामाङले लगायतले आफ्नो मन्तव्य राखेको थियो।
कार्यक्रममा समिक्षा सापकोटा , उर्मिला थापा मगर, बिनिता थापामगर , रेजिना थापामगर , एकता थापामगर, निसा सुनार लगायत ६ जनाले सामुहिक नृत्य एवं प्रतिभा सुनारले एकल नृत्य , शैलेश हड्खले द्वारा हास्यव्यङ्ग्य अभिनय प्रस्तुति गरे भने नबिन थापा र सृजना बि.क द्वारा आफ्नो गायन प्रस्तुति गरेका थिए ।सो कार्यक्रमको सञ्चालन व्याबस्थापन बिधार्थी सर्कलका सचिव सुमन खड्काले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?