काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सरकारको नीति तथा कार्यक्रमले दलित समुदायलाई सम्बोधन गर्न नसकेको बताएका छन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा उनले विकासलाई पुनर्परिभाषित गर्नुपर्नेमा जोड दिए । उनले राज्यको १३ प्रतिशत दलित समुदायलाई नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै गुनासो गरे ।
“नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई समेट्न सकेन । राज्य व्यवस्थामा अंशियार नै खोज्ने हो भने १३ प्रतिशत पाउँछौँ,” उनले भने ।
सचेतक परियारले राजनीतिक व्यवस्था परिवर्तन गरिए पनि प्रवृत्ति परिवर्तन गर्न नसकेको भन्दै दुखेसो पोखे । उनले भ्रष्टाचार नियन्त्रण गर्ने योजना पनि नीति तथा कार्यक्रममा नआएको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?