राजनीति सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पनि पारित

काठमाडौं : राष्ट्रपतिबाट गत जेठ ५ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पनि पारित भएको छ।

नीति तथा कार्यक्रममा सांसदहरुले राखेका संशोधन प्रस्ताव अस्वीकार गर्दै प्रतिनिधि सभाको बहुमतले पारित गरेको हो।

नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए।

उनले नीति तथा कार्यक्रममाथिको छलफलाई कर्मकाण्डी हुने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए।

प्रधानमन्त्रीको जवाफपछि केही सांसदहरुले स्पष्टीकरण माग गरेका थिए। त्यसमा पनि प्रधानमन्त्री प्रचण्डले जवाफ दिएका थिए।

यसअघि गत मंगलबार राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित भइसकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?