काभ्रे : पूर्वमन्त्री पार्वत गुरुङले सर्वसाधारण युवामाथि हातपात गरेका छन् । गाडीमा इमर्जेन्सी लाइट बालेर दोलखाबाट काठमाडौं आउँदै गरेका गुरुङ आफ्नो ‘सवारी’ मा अवरोध गरेको भन्दै काभ्रेको खावामा शनिबार साँझ अर्को गाडी चलाइरहेका युवामाथि हमलामा उत्रिएका हुन् ।
एमाले पोलिटब्युरो सदस्यसमेत रहेका गुरुङ वाग्मती प्रदेश ०२५ च ५४०२ नम्बरको निजी कारमा दोलखाबाट काठमाडौं जाँदै थिए । सोही बाटो भएर अघि बढिरहेको ०२३ च ८९२५ नम्बरको कार अगाडि–पछाडि थिए ।
दोस्रो गाडी चलाइरहेका युवा अमित अधिकारीका अनुसार सिन्धुपाल्चोकको सुकुटेमा अस्वाभाविक रूपमा ओभरटेक गरेर अघि बढेको गुरुङको समूह अलि अघि पुगेर आराम गरिरहेको थियो । फेरि दोस्रो पटक पनि त्यसैगरी ओभरटेक गरेको गुरुङको गाडी पाँचखालको खावा प्रहरी चौकी चेक प्वाइन्टमा रोकिएको थियो, त्यही बेला आइपुगेका चालक अधिकारीले ‘इमर्जेन्सी बत्ती बालेर जथाभावी किन गाडी चलाएको ?’ भन्दै आफूले प्रश्न गरेको बताए ।
‘गाडीमा दाइ, भाउजू, भाइ र म गरी चार जना थियौं,’ उनले भने, ‘परिवारका सबैलाई सोधपुछ गरियो, कहिले मादक पदार्थ सेवन गरेर हो भनेर आरोप लगाएपछि जाँच गर्न पनि हामीले चुनौती दियौं । तर दुर्व्यवहारमा उजुरी दिन खोज्दा भने मिल्नुपर्छ भनेर फर्काइदिए,’ अधिकारीले भने ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?