
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी प्रमाणित भएर जेलमा रहेका रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरिदिएका छन् ।
मन्त्रिपरिषद्को आइतबारको निर्णयअनुसार राष्ट्रपति पौडेलले उनीहरूको कैद साजय माफी दिएका हुन् ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा रेशम चौधरीको भने नाम उल्लेख छैन । मन्त्रिपरिषद्को बैठकले रेशमपत्नीसमेत रहेकी भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीलाई बैठकमा सहभागी नगराएर रेशमसहितलाई आममाफी दिने निर्णय गरेको थियो ।
राष्ट्रपति कार्यालयको विज्ञप्तिमा टोपबहादुर बुढाको नाम मात्र उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?