जेसीज सप्ताहको दोस्रो दिन : वित्तीय साक्षरता तालिम

दमौली :  जेसीआई व्यास नगरको जेसीज सप्ताहको दोस्रो दिन वित्तीय साक्षरता तालिम प्रदान गरेको छ ।

कार्यक्रममा व्यास नगरपालिका -२ स्थित बालमन्दिर माविका करिब १ सय जना विद्यार्थीहरुको सहभागी रहेको थियो ।

प्रभु बैक लि. दमौली शाखाका शाखा प्रवन्धक सुरेश आलेद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई उत्प्रेरणाका साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने विभिन्न सेवाको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको  बताए ।

कार्यक्रममा जेसीआई व्यासनगरका महासचिव जेसी सुनिल श्रेष्ठले सहजीकरण गरेका थिए भने कार्यक्रमको स्वागत संयोजक बिरोध श्रेष्ठले गरेका थिए।

कार्यक्रम जेसीआई व्यासनगर वर्ष-२०२३ का अध्यक्ष एवं प्रभु बैंक लि. गण्डकी प्रदेश प्रमुख जेसी राजु राना उपाध्यक्ष युवराज भण्डारी रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?