
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हिमालको पानीलाई ब्रान्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानीको ब्रान्डिङ गर्ने र निर्यात गर्न आवश्यक सहजीकरण गरिने बताए ।
त्यस्तै, औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ । पशुपन्छीको महामारी नियन्त्रणका लागि नेपालै भ्याक्सिन उत्पादन गर्ने योजना पनि बजेटमा राखिएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री डा महतले औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवम् मानव संसाधन विकासलाई बजेटले प्राथमिकतामा राखेको बताउनुभयो । वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पूँजी र प्रविधि आकर्षित गरिने पनि उनको भनाइ छ ।
ई–कमर्सबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानुनी व्यवस्था गरिने विषय पनि बजेटमा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?