दमौली : जेसीआई व्यास नगरको जेसीज सप्ताहको तेस्रो दिन बालबालिका बिकास तथा हेरचाह सम्बन्धी तालिम तालिम प्रदान गरेको छ ।
कार्यक्रममा व्यास नगरपालिका भित्रका करिब ८५ जना शिक्षिकाहरुको सहभागी रहेको थियो ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बालबालिको क्षमता अभिवृदि गर्न, बालविवाह न्यूनिकरण गर्न, बाल अपराधलाई हटाउन चेतनामूलक कार्यक्रम गर्नको लागि स्थानीय तहले कुनै पनि कन्जुस्याई गर्न नहुने बताए । साथै वाग्लेले शिक्षिकाहरुले पनि बालबालिकाको क्षमता बिकासमा ठुलो भूमिका खेल्नेमा जोड दिए ।
महिला अधिकारकर्मी तथा सेतो गुराँस बालबिकास सेवा समिति तनहुँकी सचिव अधिवक्ता सरिता थापा भण्डारीद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई बालबालिका विकास तथा हेरचाह सम्बन्धी विषयमा शिक्षा प्रदान गरिएको छ ।
कार्यक्रममा जेसीआई व्यासनगरका महासचिव जेसी सुनिल श्रेष्ठले सहजीकरण गरेका थिए भने कार्यक्रमको स्वागत जेसी सदस्य दीपेन्द्र सापकोटाले गरेका थिए।
व्यास नगरपालिका -३ का वडा सदस्य तथा कार्यबाहक वडाध्यक्ष दधिराज घिमिरे लगायत जेसिआई व्यासनगरका पुर्ब अध्यक्षहरु, एसोसिएट सदस्यहरुको रहेको थियो।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?