
काठमाडौं : सरकारले सांसद विकास कोष ब्युँताएकोप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कटाक्ष गरेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले ‘बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आएको’ टिप्पणी गरेका हुन् ।
उनले ‘वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ ?’ भन्दै प्रश्न समेत गरेका छन् ।
“सांसद विकास कोष पाउनुभए’सी बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनुभयो,” उनले फेसबुकमा लेखेका छन्, “वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू ?”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?