दमौली : देशव्यापी रुपमा नागरिक बचाउ अभियान सुरु गरेका व्यवसायी दुर्गा प्रसाई यही जेठ २० गते आउने भएका छन् ।
राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रसाई दमौलीको कार्यक्रममा सहभागि हुन लागेको जानकारी दिएको हो ।
केन्द्रीय सचिवालय प्रवक्ता यदुनाथ सिग्देलका अनुसार कार्यक्रम शनिवार दिउसो ११ :३० बजे दमौलीमा हुनेछ । सिग्देलले दुर्गा प्रसाईको अभियान राष्ट्र बचाउने अभियान भएको दावी गरे ।
दमौलीको कार्यक्रममा ३ हजार देखि५ हजार सहभागिता रहने उनको भनाई छ । बैंक तथा वित्तिय संस्थाको आतंक र वेतिथि विरुद्ध देशव्यापी अभियान सुरु भएको सिग्देलले बताए ।
कार्यक्रममा उपस्थिति हुन सबैलाई आयोजकले अनुरोध गरेको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?