काठमाडौं : भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनका समकक्षी नरेन्द्र मोदीसँग छलफल गरेका छन् । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको हो ।
उनीहरूबीच नेपाल–भारत सभ्यतागत सम्बन्धलाई रूपान्तरण गर्ने र सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिए ।
समाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, “नेपाल–भारत सभ्यतागत सम्बन्धलाई रूपान्तरण गर्दै प्रधानमन्त्रीद्वय प्रचण्ड र मोदीले भारत र नेपालबीचको विशेष एवम् विशिष्ट सम्बन्धलाई थप उँचाइमा पु¥याउन विविध उपायबारे छलफल गर्नुभयो ।”
अहिले हैदराबाद हाउसमै प्रचण्ड र मोदीसहित नेपाल–भारतका प्रतिनिधिमण्डलबीच दुईपक्षीय छलफल भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्ड बुधबार (हिजो) भारत गएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?