![](https://www.damaulionline.com/wp-content/uploads/2023/06/pradeep-gyawalee1685710119.jpg)
काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिबाट भएको काम संसद्को अपमान भएको ठहर गरेको छ ।
सो पार्टीको २२औँ सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार राष्ट्रपतिको यो कदम संसदीय प्रक्रिया र स्थापित मान्यताविपरीत भएको बताएका छन् ।
“नेपालको संविधान र स्थापित कानुन विपरीत छ,” उनले भने, “अघिल्लो संसद्ले पारित गरेर निस्कृय रहेको पृष्ठभूमिमा यस प्रतिनिधिसभाले पहिलो अधिवेशन सम्पन्न गरी दोस्रो अधिवेशन चालु रहेको अवस्थामा गरिएको प्रमाणीकरण संसद्को अपमान हो । विधेयक प्रमाणीकरणले संविधानको ठाडो उल्लंघनको विरोध गर्छ ।”
एमालेले प्रधानमन्त्रीको भारत भ्रमणको केहीघण्टा अघिमात्रै प्रमाणीकरण हुनु झनै आन्तरिकभन्दा पनि बाह्य चासो हो कि भन्ने परेको आशंका गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?