पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

रामपुर : पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप रैनादेवीछहरा गाउँपालिका–८ सत्यवतीमा आज साँझ ५ बजेको समयमा दुर्घटना भएको हो ।

दुर्घटनामा तीनजनाको मृत्यु भएको र १२ जनाघाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले बताए ।

घाइतेलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाइएको वडाध्यक्ष रानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?