गर्मी बढेपछि देवघाटका गाउँपालिकाका विद्यालय पाँचदिन बिदा

दमौली : तनहुँको देवघाटका गाउँपालिकाले गर्मी बढेपछि पाँचदिनका लागि विद्यालयमा बिदा दिएको छ ।

अत्याधिक गर्मीका कारण वर्षे विदा कटौती गर्दै विद्यालय व्यवस्थापन समितिको निर्णय गराई सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बिदा दिने निर्णय गरिएको देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले जानकारी दिए ।

 केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आएका कारण उक्त दुई वडाका विद्यालयमा शैक्षिकसत्र २०८० को वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

नगरपालिकाले बिदाका क्रममा स्वअध्ययन गर्न, सिकाइ बोझ नहुने गरी गृहकार्य दिन, सिर्जनशील सिकाइ क्रियाकलाप दिन र दिउँसोको समयमा घर बाहिर नजान सुझाव दिन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?