दमौली : तनहुँको बन्दीपुर गाउँपालिकाले आधुनिक खेतीतर्फ किसानलाई आकर्षण गर्न आधुनिक कृषियन्त्र वितरण गरेको छ ।
साना कृषि व्यवसायिक समुह मकै पकेट क्षेत्र, वडा नं २ का किसानलनइ जोत्नका लागि मिनी टेलर तथा कुटानी पिसानी मेसिन वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
८ वटा पावर टेलर, ८ वटा कुटानी पिसानी मेसिन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमालले जानकारी दिए ।
परम्परागत खेतीलाई आधुनिकीरण गर्ने लक्ष्यका साथ औजार वितरण गरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।
परम्परागत रूपमा खेती गर्दै आएका किसान आधुनिक मेसिन पाउँदा खुसी भएका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?