गण्डकी वाङ्मय प्रतिष्ठानद्वारा आदिकविका सह-प्राध्यापक गौतम सम्मानित हुँदै

दमौली : तनहुँको व्यास नगरपालिका -१ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसका सह-प्राध्यापक एवं साहित्यकार  नारायण प्रसाद गौतम गण्डकी बाङ्गमय पुरस्कार-२०७९बाट सम्मानित हुने भएको छ ।

प्रतिष्ठानले भोलि देखि हुने साहित्य सम्मेलनको अवसरमा नेपाली साहित्यको क्षेत्रमा अमूल्य योगदान पुर्‍याएको भन्दै सह-प्राध्यापक गौतमलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको प्रतिष्ठानका अध्यक्ष सागर उदासले जानकारी दिए ।

उनलाई दोसल्ला सहित  नगद १० हजार द्वारा सम्मानित गर्न गर्न लागेको अध्यक्ष उदासले बताए ।लामो समय देखि अध्यापन पेशामा रहेका सह-प्राध्यापक समालोचक तथा विभिन्न विधामा कलम चलाउने गरेको छ ।

संस्थामा विसं २०५४ सालमा स्थापना भएको एक लाख अक्षयकोषबाट साहित्यकारलाई पुरस्कृत गर्दै आइरहेको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?