काठमाडौं : भारतले ‘अखण्ड भारत’को नक्साबारे नेपालले बुझिसकेको दाबी गरेको छ ।
बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ संसद् भवनमा राखिएको नयाँ नक्साबारे नेपालसहित बंगलादेशले पनि बुझिसकेको बताएका हुन् ।
उनले ‘अखण्ड भारत’को नक्सा राजीनितक विषय नभएको पनि दाबी गरे । “भारतको नयाँ संसद्मा राखिएको नयाँ नक्सा राजनीतिक विषय होइन । छिमेकी देश (नेपाल र बंगलादेश)ले यो कुरा बुझिसके ।”
पत्रकारले उनलाई नेपाल, बंगलादेश र पाकिस्तानले नक्साबारे जनाएको असन्तुष्टिलाई लिएर प्रश्न गरेकी थिइन् । प्रश्न सोध्ने क्रममा पत्रकारले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा भारतले आफूलाई सांस्कृतिक नक्सा भएको बताएको प्रसंगमा उल्लेख गरेकी थिइन् ।
जवाफमा विदेशमन्त्री जयशंकरले पाकिस्तानको विषय अलग रहेको तर अरू छिमकी बुझिसकेको बताएका हुन् । यद्यपि उनले नेपाल र बंगलादेशको नाम उल्लेख गरेनन् ।
“पाकिस्तानको विषय अर्कै हो । पाकिस्तानसँग हाम्रो देशको नीति अर्कै छ,” उनले भने ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?