दमौली : अत्याधिक गर्मी बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले विद्यालय बन्द गराउने भएको छ । आइतबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्न नगरपालिकाले निर्देशन दिएको हो ।
तराइका जिल्लामा मात्रै नभएर पहाडी जिल्लामा पनि रेकर्ड तोड्ने गरेर तापक्रम बढिरहेको छ ।
अत्याधिक बढेको गर्मीले पठनपाठन प्रभावित र विद्यार्थीको स्वास्थ्यमा समस्या देखिएकाले विद्यालय बन्द गराउने निर्णय गरेको शिक्षा अधिकृत ज्योतिप्रकाश तिम्लसेनाले जानकारी दिए ।
गर्मी अध्याधिक भएपछि तनहुँको व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाले पनि विदा दिएका छन् ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?