आँबुखैरेनी : लामो समयसम्म पानी नपरेर खडेरी परेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका ३ आँबुखैरेनीमा रहेको छिम्केश्वरी माईको मन्दिरमा महादेवको पूजा गरिएको छ ।
खडेरीका कारण पानी नपरेपछि पानी माग्दै स्थानीयले आईतबार महादेवको पूजा गरेको हो ।
खडेरीका कारण किसानले लगाएको मकैबाली सुकेको छ भने अत्याधिक गर्मीका कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?