म्याग्देले वितरण गर्यो ५० प्रतिशत अनुदानमा हाते टयाक्टर

दमौली : तनहुँको म्याग्दे गाँउपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते टयाक्टर वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाको स्वीकृत कार्यक्रम अनुसार विभिन्न वडाका कृषकहरुलाई हाते टयाक्टर वितरण गरिएको हो ।

कृषकको ५० प्रतिशत रकम र गाउँपालिकाको ५० प्रतिशत अनुदानको रकमवाट टयाक्टर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर रानाले बताए । ‘७० हजार पर्ने टयाक्टरको मुल्यमा ५० प्रतिशत कृषकले ३५ हजार र गाँउपालिकाले ३५ हजार अनुदान वाट कृषकलाई दिईएको हो,’ उनले भने ।

गाउँपालिका भित्रका संगिता उच्चै ठकुरी, महेन्द्र आले मगर, रवि घिमिरे, दीपक थापा सुनिल, प्रेम वहादुर थापा, शर्मिला श्रेष्ठ, दिनेश राज अधिकारी, दधिराज श्रेष्ठ, कमला शाही, केश वहादुर थापा, गोपाल कामी, पुर्ण वहादुर थापा, पदमराज श्रेष्ठ, कृष्ण वहादुर मस्राङदी, वुद्धिवहादुर विक, विष्णुवहादुर खड्का क्षेत्री, होम वहादुर सार्कीलाई ५० प्रतिशत अनुदानमा हाते टयाक्टर वितरण गरिएको हो ।

कृषकलाई कृषीमा आत्मनिर्भर वनाउन र राहत दिनका लागी अनुदान दिईएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?